क्षितिज जैशी,

राष्ट्रिय युवा संघ नेपालको दशौं केन्द्रिय महाधिवेशन नजिकिँदै गर्दा खुला तर्फ उपाध्यक्ष पदका उम्मेदवार बिरेन्द्र बिष्टले संगठनभित्र र बाहिर व्यापक समर्थन बटुल्न सफल भएका छन्।
समाजमा क्रियाशील, संगठनप्रति समर्पित र युवाका मुद्दामा स्पष्ट दृष्टिकोण राख्ने नेताका रूपमा बिष्ट चिनिँदै आएका छन्। लामो समयदेखि संगठनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका उनले अब नेतृत्व तहमा पुगेर युवाका आवाजलाई अझ प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता जनाएका छन् ।
महाधिवेशनमा सहभागी प्रतिनिधिहरूले बिष्टको अनुभव, कार्यशैली र व्यवहारिक नेतृत्व क्षमतालाई मध्यनजर गर्दै विजयी गराउनुपर्नेमा जोड दिएका छन् ।






