कैलाली, लम्कीचुहा
क्षितिज जैसी
परोपकारी तथा सामाजिक सेवामा अग्रसर लम्कीचुहा नगरपालिका निवासी एवं मानवसेवा लम्कीका अभिभावक आदरणीय देवकी कार्की (थापा) ले आज बिहान मा लम्कीमा आश्रित व्यक्तिहरूका लागि आवश्यक सामग्रीहरू प्रदान गर्नुभएको छ।

लायन्स क्लब अफ कैलाली लम्की क्रेयटिभकी पूर्व अध्यक्ष तथा जोन चेयरपर्सनसमेत रहनुभएकी कार्कीले आश्रित व्यक्तिहरूको सेवामा उपयोगी हुने पोशाक, फलफुल, कार्पेट, पिउने पानीको जार लगायत सामग्रीहरू स–प्रेम अर्पण गर्नुभएको हो।
उहाँको यो योगदानले मानवसेवामा सहयोगको उदाहरण प्रस्तुत गर्दै समाजमा सकारात्मक सन्देश प्रवाह गरेको छ। मानवसेवा केन्द्रले यस प्रकारको निरन्तर सहयोगको लागि धन्यवाद व्यक्त गरेको छ।




