क्षितिज जैशी

कैलाली लम्की ,
नेपाल बजार बिक्री प्रतिनिधि संघ, लम्की इकाई कमिटीले आफ्नो २५ औं स्थापना दिवसको अवसरमा एक विशेष सामाजिक कार्यक्रम आयोजना गर्दै मानव सेवा पूर्वलम्किमा रहेका असहाय व्यक्तिहरूलाई खाद्यान्न र शैक्षिक सामग्री वितरण गरेको छ।
“सम्पूर्ण कम्पनी प्रतिनिधि एक हौं, उद्योग व्यवसायीको रक्षा गरौं, रोजगारीको सिर्जना गरौं” भन्ने नारासहित आयोजना गरेको कार्यक्रममा लम्की ईकाईका सभापति हिर्दयराज सन्ज्यालको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि संघका केन्द्रीय सदस्य बसन्त बि.सी रहेका थिए। साथै, संघसँग आबद्ध प्रतिनिधिहरू तथा अन्य व्यक्तित्वहरूको पनि सहभागीता रहेको थियो ।

सभापति सन्ज्यालले कार्यक्रममा भन्नुभयो:
“देशभर संघले २५ औं स्थापना दिवस मनाइरहेका बेला हामीले पनि केही सकारात्मक कार्य गरौं भन्ने सोचले यो कार्यक्रम गरेका हौं। समाज सेवामा सबैको सहकार्य जरुरी छ।”
त्यस्तै, प्रमुख अतिथि बसन्त बि.सी. ले संस्थाको उद्देश्यबारे उल्लेख गर्दै भन्नुभयो:
“हाम्रो संस्थामा कुनै ठूलो आयश्रोत छैन। हामी मेहनत गरेर कम्पनी चलाउने प्रतिनिधि हौं। संस्थामा आबद्ध साथीहरूबाट उठेको लेवीमार्फत यस्ता साना सामाजिक कार्यहरू गर्न खोजेका हौं।”
मानव सेवा पूर्वलम्कीका सञ्चालक विनोद थापाले संघले गरेको सहयोगप्रति खुसी व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले भन्नुभयो:
“संघबाट प्राप्त सहयोगले हामीलाई उत्साह मिलेको छ।
लम्की ईकाई कमिटीले आफ्नो स्थापना दिवसलाई सेवा, सहकार्य र भावना सहित मनाउँदै आगामी दिनहरूमा पनि सामाजिक गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाइएको छ।




