कैलालीको टीकापुरमा मगरगोहीले बाख्रालाई खाएको छ । कैलालीको पथरैया नदीमा रहेको मगर गोहीले स्थानीयको बाख्रा खाएको हो । गोहीले शनिबार दिउँसो नदीको तटबन्धमा चरी रहेको अवस्थामा टीकापुर नगरपालिका–७ बैदीस्थित ढुङ्गाना टोलका धीरेन्द्र प्रसाद ढुङ्गानाको बाख्रा खाएको उनले बताए ।


उनले भने, पथरैया नदी किनारमा चरिरहेको बाख्रालाई नदीबाट आएको गोहीले समाएर नदीमा लगेको हो । डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुंगानाले यसअघि पनि २०७५ सालतिर पथरैया र काडा नदीमा बाख्रा र खसीलाई गोहीले खाएको बताए। यो क्षेत्रमा मगर र घडीयाल गरी २ प्रकारका गोही पाइने गरेका छन् । मगर गोही आक्रामक हुनुका साथै जनावर सहित मान्छेलाई पनि खाने गरेको उनले बताएका छन् ।







