कैलाली भजनी,यज्ञराज जैशी

भजनी नगरपालिकाको कार्यालयमा अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गर्दै सहायक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ।
“बाल अधिकारको सम्मान हाम्रो सरोकार, बालमैत्री स्थानीय शासन निर्माणको आधार” भन्ने नाराका साथ सञ्चालन गरिएको कार्यक्रममा World Vision, ENOUGH, र WACT (बाल कल्याण केन्द्र) संस्थाहरूको सहकार्य रहेको थियो। कार्यक्रमको समन्वय भजनी नगरपालिकाले गरेको हो।
कार्यक्रम अन्तर्गत भौतिक अपाङ्गता भएका व्यक्तिहरूलाई ह्वीलचेयर,सेतो छडी,ट्राईसाईकल,एक्जुलेरीकट दैनिक जीवन सहज बनाउने सामग्रीहरू वितरण गरिएको थियो।
भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरी र नगर-उपप्रमुख तथा अपाङ्ग समन्वय समितीका सन्योजक राजु तिरुवा, विभिन्न सघ,संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।






