भजनी कैलाली, यज्ञराज जैसी

कैलालीको भजनी नगरपालिकामा २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८२ को अवसरमा भजनी नगरपालिका वडा नं. १, गोदामटोलस्थित खेतमा विशेष कार्यक्रम सहित धान रोपाइँ सम्पन्न भएको छ।
धान रोपाई महोत्सबमा नगर प्रमुख केवल चौधरी स्वयं सहभागी भई काधमा काध मिलाएर किसान र कर्मचारी संग रोपाइँ गरे।
धान रोप्दै गर्दा नगर प्रमुख केवल चौधरीले किसानले समय मै मल खाध पाउनका लागि आफुले प्रदेश र संघ सरकार संग पहल गर्न बताए ।
रोपाई महोत्सवमा भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरी, उपप्रमुख राजु तिरुवा, प्रमुख प्रशासकीय अधिकृत निलम कुमार न्यौपाने, कृषि शाखा प्रमुख शुशोभन अधिकारीसहित विभिन्न शाखा प्रमुख, कर्मचारी तथा स्थानीय किसानको सहभागीता रहेको थियो।
“धान बालीमा सजगता: खाद्य सुरक्षा र आत्मनिर्भरता” भन्ने नारासहित कार्यक्रम भजनी नगरपालिका कृषि विकास शाखाको आयोजनामा सम्पन्न गरिएको हो।






