भजनी, कैलाली यज्ञराज जैसी

कैलालीको भजनी नगरपालिका वडा नम्बर ३ र ५ जोड्ने कान्द्रा झुलुङ्गे पुलसम्म पुग्ने बाटोको अवस्था दयनीय बन्दै गएको छ। वर्षात्को समयमा हिलाम्मे हुँदा सर्वसाधारण र विद्यालय जाने विद्यार्थीलाई हिँड्नै नसक्ने अवस्था बनेको छ ।
समस्या सम्बन्धी धारणा लिन भजनी जालपा मिडियाले वडा नम्बर ३ का वडा अध्यक्ष विक्रम चौधरीलाई सम्पर्क गर्न खोज्दा फोन उठेन ।
त्यसपछि नगर प्रमुख केवल चौधरीसँग सम्पर्क गर्दा उहाँले प्रतिक्रिया दिंदै भने “स-साना कुरा त वडाले गर्नुपर्ने हो, म यश बिषयमा वडाअध्यक्षलाई भन्छु”।
पुलको अवस्था ठिक भए पनि त्यससम्म पुग्ने बाटोमा हिलो र पानीका कारण जनताको आवागमन कष्टकर बनेको छ।
विद्यालय जाने बालबालिकाहरू बिहान बेलुका यसै हिलोमा हिँडेर जान बाध्य छन्।
भजनी जालपा मिडिया मार्फत वडा कार्यालय र नगरपालिकालाई आग्रह गर्दछौ । झुलुङ्ग पुलसम्म पुग्ने हिलाम्मे बाटोमा ग्राभेल हालेर सुधार गरियोस् ।




