क्षितिज जैसी, लम्कीचुहा

नेत्र विक्रम चन्द (विप्लव) निकट विद्यार्थी संगठन अखिल (समाजवादी)ले जिल्लाको जोशीपुर गाउँपालिकाका २३ वटा विद्यालयका फरक क्षमता भएका विद्यार्थीहरूलाई शैक्षिक सामाग्री सहयोग गरेको हो।
जोशीपुर गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चौधरीको सहभागितामा ७० विद्यार्थीलाई कापी, पेन लगायतका शैक्षिक सामाग्री वितरण गरिएको अखिल समाजवादीका केन्द्रीय कोषाध्यक्ष तथा सुदूरपश्चिम इन्चार्ज बबरजङ्गले बताए। उनी कार्यक्रमको विशिष्ट अतिथि थिए। उनले सामुदायिक विद्यालयहरूका प्रधानाध्यापक तथा शिक्षकहरूको सहभागितामा शैक्षिक सामाग्री वितरण गरेको बताएका छन् ।






