यज्ञराज जैसी, भजनी

कैलालीको भजनी जोशिपुरमा रहेको मलवारा डल्फिन मिडिया मञ्चको प्रथम अधिवेशन सम्पन्न भएको छ ।
मलवारा डल्फिन मिडिया मञ्च भजनी-जोशीपुर कैलालीले आफ्नो प्रथम अधिवेशन भजनीको होटेल मोनिष्काको हलमा भव्यताका साथ सम्पन्न गरेको हो । अधिवेशनले सर्वसम्मत मार्फत नयाँ कार्यसमिति चयन गरेको छ। 
अधिवेशनबाट सुध राम दहित अध्यक्षमा निर्वाचित हुनुभएको छ भने उपाध्यक्षमा पदम राज जैसी , सचीव धर्मेन्द्र बिष्ट , कोषाध्यक्ष खेम राज पाण्डे , र जीवन डङौरा, रबिना चौधरी, डसिराम चौधरी सदस्यमा सर्वसम्मत निर्वाचित भएका छन ।




