काठमाडौँ महानगरपालिकाले देशका ३५ गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्ने भएको छ।

काठमाडौँ महानगरपालिकाले देशका ३५ गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्ने भएको छ।

मेयर बालेन शाहले समाजिक सञ्जालमार्फत एक वर्षदेखि रोकिएको एम्बुलेन्स वितरण कार्य सोमबारबाट सुरु गर्न लागेको जानकारी दएका छन्। पहिलो चरणमा देशभरका दुर्गम तथा मापदण्डका आधारमा छनौट गरिएका ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण गरिने छ। 
एम्बुलेन्स वितरणका लागि पारदर्शी मापदण्ड बनाई स्वास्थ्य सुविधा अभावमा पीछडिएका स्थानलाई प्राथमिकता दिइएको शाहको भनाइ छ।