भजनी कैलाली, यज्ञराज जैसी

कैलाली जिल्लाको भजनी नगरपालिका वडा नं. ९ भुरुवा खेलमैदानमा “भुरुवा राजी कप फुटबल टुर्नामेन्ट–२०८२” असोज २२ गतेदेखि आयोजना हुने भएको छ। यस प्रतियोगिताको आयोजनाको जिम्मेवारी जनस्मरण राजी क्लब भुरुवाले लिएको छ।
क्लबका अध्यक्ष हर्ष बहादुर राजी को अध्यक्षतामा र वडा नं. ९ का अध्यक्ष संजिव कुमार चौधरी को प्रमुख आतिथ्यमा बसेको बैठकले टुर्नामेन्टको खेलकुद सञ्चालन गर्ने निर्णय गरेको हो। 
टुर्नामेन्ट पुरुष र महिला गरी दुई विधामा छुट्टाछुट्टै खेलिनेछ। पुरुषतर्फ पहिलो पुरस्कार रु. १,०१,५५५/-, दोस्रो पुरस्कार रु. ५१,५५५/-, साथै कप, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। महिला विधामा भने पहिलो पुरस्कार रु. १०,०००/-, दोस्रो पुरस्कार रु. ५,०००/-, ट्रफी, मेडल र प्रमाणपत्र रहनेछ। खेलमा अन्य आकर्षक पुरस्कार पनि वितरण गरिने आयोजकले जानकारी दिएका छन्।
टुर्नामेन्टमा विदेशमा रहेका नेपाली, स्थानीय संघसंस्था, उद्योगी व्यवसायी र समाजसेवीहरुको आर्थिक सहयोग रहनेछ। यस प्रतियोगिताको प्रवर्द्धक भजनी नगरपालिका वडा नं. ९ रहेको छ।





