यज्ञराज जैसी, भजनी

कैलालीको भजनी नगरपालिकामा विकास निर्माणमा सुस्त गति र बजेट कार्यक्रम जनताको आवश्यकता र प्राथमिकताअनुरूप नआएको भन्दै भजनी नगरपालिकाप्रति स्थानीयबासीको असन्तुष्टि बढ्दै गएको छ।
स्थानीयहरूका अनुसार नगरपालिकाले चालु आर्थिक वर्षमा ल्याएका अधिकांश योजना कागजमै सीमित छन्, जबकि बस्तीस्तरका मूल समस्या भने बेवास्ता भएका छन्।
सडक, खानेपानी, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत क्षेत्रका योजनामा ध्यान नदिइएको र बजेट वितरणमा पनि पारदर्शिता नदेखिएको भन्दै सर्वसाधारणले स्थानीय सरकारको आलोचना गर्दै आएका छन्।
उनीहरूले निर्वाचित जनप्रतिनिधिले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको गुनासो पनि गरेका छन्।







