कैलाली भजनी, यज्ञराज जैसी

कैलालीको भजनी नगरपालिकामा भ्रष्टाचार र व्यथितिका विरुद्ध खबरदारी समितिको गठन गरिएको छ। भजनी–१ देखि ९ वटै वडाका युवाहरूको भेलाबाट अमृत के.सी.को संयोजकत्वमा २९ सदस्यीय समिति गठन गरिएको हो।
भेलाले भजनी नगरपालिकामा जनताको करबाट संकलित बजेट पारदर्शी र जनमुखी ढंगले प्रयोग हुनुपर्नेमा जोड दिँदै, स्थानीय सरकारका गतिविधि सार्वजनिक अनुगमन र जनहितका मुद्दामा एकीकृत रूपमा आवाज उठाउने निर्णय गरेको बताइएको छ।







