यज्ञराज जैसी भजनी,
नेपाल रेडक्रस सोसाइटी भजनी उपशाखाका सभापति राम नारायण चौधरीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उपशाखाको नाममा रहेको जग्गामा राजनीति नगर्न आग्रह गरेका छन्। 

चौधरीले लेखेका छन्, “अब त अति भयो, नेपाल रेडक्रस सोसाइटी भजनी उपशाखाको नाममा रहेको जग्गामा राजनीति नगर्दिनुस।” उनका अनुसार केही दलका केही व्यक्तिहरूले संस्थाको जग्गा कब्जा गर्न खोजिरहेका छन् र त्यसलाई राजनीतिक विवादमा तान्ने प्रयास भइरहेको छ। 
“रेडक्रसको जग्गा जनसेवा र मानवीय कार्यका लागि हो, कुनै दल वा व्यक्तिको स्वार्थका लागि होइन,” चौधरीले भनेका छन्। उनले यस्तो कार्य रोक्न सम्बन्धित सबै पक्षलाई आग्रह गर्दै रेडक्रसको मर्यादा र निःस्वार्थ भावनालाई सम्मान गर्न अनुरोध गरेका छन्।






