खाद्य तथा ब्यापार कम्पनी लिमिटेडले देश भरिबाट १ लाख ९० हजार क्विन्टल धान अर्थात १९ हजार मेट्रिक टन धान मात्रै सरकारले तोकेको मुल्यमा खरिद गर्ने भएको छ ।
तर कृषि ज्ञान केन्द्र धनगढी का अनुसार कैलाली मा मात्रै ३ लाख २४ हजार ८ सय २४ मेट्रिक टन धान उत्पादन हुने गरेको छ । कैलाली जिल्लाको करिब १५ % मात्रै धान पनि खरिद नहुने पाइएको छ
जोशिपुर स्थित मोहन्याल ट्रेड एन्ड सप्लायर्स का संचालक डबल बहादुर बम ले सरकार को गलत नितिका कारण ले कृषक का साथै गल्ला खरिद गर्ने ब्यापारी हरु समेत मर्कामा परेको बताउनुहुन्छ ।
बम ले सरकार ले ईन्डिया बाट चामल भित्र्याउँदा खरिद गरेको धान गोदाम मै थन्कियको ले धानको मुल्य घटेको बताउनुभयो ! बम का अनुसार कैलाली को ब्यापारि संग मात्रै झन्डै १ लाख ५० हजार क्विन्टल धान गोदाम मै रहेको बताउनुभयो ।
बम ले मजदुरि, ज्यालादारी काम गर्ने ले बाहेक अन्यले मसिनो चामल खाने गरेको ले मसिनो धान को मुल्य कृषक ले राम्रो पाउने तर र कृषक चाहि मोटाे धान उत्पादन गरिरहेकोले पनि समस्या भएको बताउनुभयो ।
कैलाली उध्याेग बाणिज्य संघ का उपाध्यक्ष मनोज अग्रवाल ले पनि उत्पादन मा वृद्धि र कृषक ले मोटाे धान लगाउने तर माग मसिनो चामल को भएको र सरकार ले चामल ईन्डिया बाट भित्रयाउनाले खपत कम भएर ब्यापारी संग धान गोदाममै थन्कियको बताउनुभयो
नवजीवन बहुउद्देश्यीय सहकारी संस्थाका संचालक उत्तम जोशिले पनि आफ्नो संस्थाले १० हजार क्विन्टल धान खरिद गरेर गोदावरी नगरपालिका ८ मा संचालन गरेको मिलमा चामल बनाउने तयारिमा रहेको बताउनुभयो ।
जोशिले ठुला ब्यापारी संग धान गोदाममै थन्किएको बताउनुभयो
जानकि ७ गोलौरि का पुर्ब वडा अध्यक्ष लक्ष्मण चौधरी ले पनि आफुले २ बिगहा मा मसिनो धान उत्पादन गरेको र सावा मन्सुलि ४ हजार ५ सय र बासमति ८ हजार प्रति क्विन्टल मा बिक्रि गर्ने गरेको बताउनुभयो ।
अध्यक्ष चौधरी ले माग मसिनो को छ तर कृषक हरुले मोटाे धान उत्पादन गर्नाले पनि उचित मुल्य पाउन नसकेको बताउनुभयो
कृषक तथा टीकापुर नगरपालिका मेयर रामलाल डगौरा ले सरकारले कृषक हरुलाइ मलखाद समयमा उपलब्ध गराउन नसक्नु , मलखाद महँगो मा खरिद गर्ने बाध्यता त छदैछ उत्पादन भएको धान को समेत उचित मुल्य नपाउँदा कृषक हरु मर्कामा परेको बताउनुभयो ।
नेपाल सरकारले नेपाल को चामल लाइ प्राथमिकता मा नराखेर ईन्डिया बाट चामल खरिद गर्नाले कृषक ले कसरि उचित मुल्य पाउँछन र यो दु:खद हो अझै खाद्यले नेपाल अधिराज्यभर को धान खरिद गर्ने परिमाण त कैलाली जिल्लाको कृषक को २५ प्रतिशत पनि नभएकोले खरिद को मात्रा बढाउनुपर्ने बताउनुभयो ।
आयुसा कृषि फर्म टीकापुर का प्रो कृषक कृत ठकुल्ला ले ईन्डिया बाट चामल आयात गरेर कृषक लाइ सरकारले पलायन बनाउन खोजेको बताउनुभयो।
खाद्य ले ३ हजार ४ सय ६३ रुपैयाँ मा मोटाे र मध्यम धान ३ हजार ६ सय रुपैयाँ मा खरिद गर्ने भएको छ ! मोटाे धान मा सरजु बावन मध्यम मा गरिमा , सावा मन्सुलि , गोरखनाथ खरिद गर्ने गरेको छ।
गत बर्ष नेपाल सरकार को धानको समर्थन मुल्य मोटाे ३ हजार १ सय ९८ र मध्यम धान ३ हजार ३ सय ६२ रहेको थियो
तर ब्यापारी हरुले ३ हजार ९ सय देखि ४ हजार रुपैयाँ सम्म खरिद गर्नाले खाद्य को लक्ष्य ५० हजार २ सय मेट्रिक टन रहेको मा ४६ हजार १ सय १३ क्विन्टल मात्रै खरिद गरेको थियो ! खाद्य ले त्यसपछि ८ लाख ३६ हजार क्विन्टल धान खरिद को टेन्डर आव्हान गरेको थियो।







