क्षितिज जैसी लम्कीचुहा,

कैलालीको लम्किचुहा नगरपालिका वडा न. १ का नयाँ मतदाता बन्न इच्छुक वडाबासीहरूका लागि निःशुल्क मतदाता दर्ता (Free Registration) सेवा उपलब्ध गराइने भएको छ। निर्वाचन आयोगले तोकेको कार्तिक मसान्तभित्रको अन्तिम समयसीमालाई लक्षित गर्दै लम्की सेवामूलक परामर्श कार्यालयले २०८२/०७/१४ गते भोलि बिहान १०:०० देखि दिउँसो ४:०० बजेसम्म कार्यालयमा उपस्थित भएर इच्छुक व्यक्तिहरूले आफ्नो नाम मतदाता नामावलीमा दर्ता गराउन सक्नेछन्। उक्त दर्ता प्रक्रिया पूर्ण रूपमा निःशुल्क (Free Registration) रहनेछ।
कार्यालयका प्रतिनिधिहरूले भने, “मतदाता दर्ता लोकतान्त्रिक अभ्यासको पहिलो कदम हो। स्थानीय तहदेखि संघीय तहसम्मको निर्णय प्रक्रियामा सहभागी हुन प्रत्येक नागरिकको नाम मतदाता सूचीमा अनिवार्य रूपमा हुन आवश्यक छ।”
लम्कीचुहा १ का सम्पूर्ण योग्य नागरिकहरूलाई यो अवसरको प्रयोग गर्न आग्रह गर्दै कार्यालयले आफ्नो नजिकका नयाँ मतदाता बन्न इच्छुक व्यक्ति वा परिवारका सदस्यहरूलाई पनि सम्पर्क गराई सेवा लिन अनुरोध गरेको छ।
इच्छुक व्यक्तिहरूले ९८५११५०४०० नम्बरमा सम्पर्क गर्नसक्नुहुनेछ ।






