गणेश क्षेत्री: कैलाली भन्सार कार्यालय धनगढी का प्रमुख अनन्त तिम्सेना ले भन्सार ऐन बिपरित र बिना क्वारेन्टाइन को खाद्य पदार्थ भित्रयाउने स्वेच्छाचारी निर्णय ले जनताको स्वास्थ मा गम्भीर असर पर्ने देखिएको छ ।

कैलाली भन्सार को मातहतमा रहेको छोटि भन्सार बेलौरी मा ईन्डिया बाट खाद्य पदार्थ र अन्य ब्यापारीक सामान भन्सार प्रमुख को ठाडाे आदेश मा बिना कस्टम ओसारपसार हुने गरेको पाइएको छ ! भन्सार ऐन २०५८ को दफा १३ ( क ) मा कस्टम क्लियरेन्स बिना सामान ल्याएको पाइएमा त्यो सामान जफत हुने र जरिवाना लगाइने उल्लेख छ ।
यदि दफा १३ ( क ) लाई अटेर गरि मिलेमतोमा भन्सार काटेमा दफा १३( क ) को दफा ५८ को दफा १६ (१ ) अन्त्रगत कर्मचारी ले कर्तव्य पालना नगरेको ले बिभागिय कार्बाही , बर्खास्त , पदच्युत , निलम्बन अथवा अन्य कार्बाही समेत गर्ने उल्लेख छ ।
भन्सार प्रमुख संग भन्सार ऐन को बर्खिलाप किन गएको भनेर प्रस्न गर्दा ब्यवहारिकता हेरेर मात्रै भन्सार बनाउन अनुमती दिएको बताउनुभयो ।
बिना प्लान्ट क्वारेन्टाइन खाद्य पदार्थ किन आयात गर्न दिएको र भोलि को दिनमा ती म्याद गुज्रिएको मापदण्ड बिपरित अखाद्य पदार्थ ले मानव स्वास्थ्य मा प्रतिकुल असर पर्छ कि पर्दैन भनेर प्रस्न गर्दा हुन त हो तर छोटि भन्सार मा सबै कुरा लागू नहुने भनेर गैर जिम्मेवार र गुमराह पार्ने जवाफ दिए ।
कैलाली उद्योग बाणिज्य संघ का उपाध्यक्ष मनोज अग्रवाल ले बिना कस्टम क्लियरेन्स र खाद्य पदार्थ चेकजाँच बिना भित्रीन दिनु गैर जिम्मेवार र गैर कानुनी भएको बताउँदै मानव स्वास्थ्यमा गम्भीर असर परेमा कस्ले जिम्मेवारी लिने भनेर प्रस्न गर्नुभयो ।
छोटि भन्सार बाट मापदण्ड बिपरित सामान ओसारपसार गर्न दिनु भन्सार ऐन लाई चुनौती दिनुहो ! छोटि भन्सार मा कार्यरत सुब्बा गुन केसरी बिष्ट लाई मापदण्ड बिपरित किन भन्सार बनाएको भनेर प्रस्न गर्दा भन्सार प्रमुख को आदेश ले बनाएको बाताउनुभयो ।
कैलाली भन्सार कार्यालय का प्रमुख तिम्सिना ले भन्सार ऐन को बर्खिलाप गरेर कर्मचारी लाई भन्सार काट्न आदेश दिनाले मिलेमतो को आसंका गर्ने प्रसस्त ठाउँ रहनुका साथै मानव स्वास्थ्य मा गम्भीर असर परेमा कस्ले जिम्मेवारि लिने भनेर गम्भीर प्रस्न चिन्ह खडा भएको छ ।
इलका प्रहरी कार्यालय बेलौरी का इन्चार्ज प्रहरी निरीक्षक कमल प्रसाद चौधरी र सशस्त्र प्रहरी बल सिमा सुरक्षा गुल्म का गुल्म पति इस्वरी दत्त भट्ट ले भन्सार कसरी काट्छन हामिले त्यति चासो दिएका थियनौ अब भन्सार ऐन अनुसार कर्मचारी ले काट्छ्न कि काट्दैनन हेर्ने बतायका छन् ।
गत बर्ष पनि भन्सार कर्मचारी र भन्सार एजेन्ट को मिलेमतोमा पास गरेको कपडा को गाडी सशस्त्र ले भन्सार नाका बाटै पक्राउ गरेर करिब २१ लाख बराबरको जरिवाना तिराइएको थियो ।




