क्षितिज जैसी, लम्की चुहा

लम्की जेसिसको आयोजनामा मंसिर १२ गतेदेखि सुरु भएको चौथो पानसदीप जेसीज क्रिकेट कप–०८२ उत्साहपूर्वक जारी छ। लम्कीचुहा–३ स्थित नमस्ते युथ ग्रुपको खेल मैदानमा ४ समूहमा विभाजित २२ विद्यालयका टिमहरू उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन्।
आज बिहान ८ बजे सम्पन्न पहिलो खेलमा क्याम्ब्रिज इङ्लिस बोर्डिङ स्कुलले सर्वोदय मावि गप्कालाई ६२ रनले पराजित गर्दै शानदार जित पर्याप्त गरेको थियो ।
क्याम्ब्रिजले टस जितेर ब्याटिङ रोज्दै ११३ रनको लक्ष्य दिएको थियो भने जवाफमा सर्वोदय ५० रनमै समेटियको थियो ।
दिउँसो २ बजे भएको दोस्रो खेलमा पायोनियर्स एकेडेमीले कैलाली पब्लिक सेकेन्डरी स्कुल भल्कालाई ९४ रनले पराजित गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको पायोनियर्सले ११३ रन बनाएको थियो।
भोलि मंसिर १६ गते हुने तीन खेल पहिलो खेल बिहान ८ बजे वेस्टर्न क्रिस्टल धनगढी Vs आरएमआई टिकापुर, दोस्रो खेल ११ बजे कैलाली गुरुकुल Vs सर्वोदय मावि र तेस्रो खेल कैलाली ग्लोबल एकेडेमी Vs उज्यालो शिक्षा सदन, लम्की संग हुनेछ ।




