यज्ञराज जैशी भजनी,

कैलालीको भजनीमा शाखा कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ३१औं साधारण सभा तथा भजनी इकाई भेला बिहिबार सम्पन्न भएको छ। 
कार्यक्रमको सभापति किसान बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष टिकेन्द्र बहादुर थापा, प्रमुख अतिथि भजनी नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष बिक्रम चौधरी, बिशिस्ट अतिथि महुन्याल मा.वी भजनी बिधालय व्यवस्थापन समिति अध्यक्ष सुरेन्द्र प्रसाद जैसी, संस्था महा-प्रबन्धक डम्बर बहादुर शाह , राष्ट्रिय बाणिज्य बैक भजनी शाखा प्रमुख गणेश बहादुर बिष्ट, नेपाल प्रहरी प्रतिनिधि, सेयर सदस्य र पत्रकार लगायतको सहभागीता रहेको थियो । 
किसान बहुउद्देशयीय सहकारी संस्थाका गौरा कुमारी नेपालीले स्वागत मन्तव्य राख्दै सबैको सल्लाह,सुझाव गुनासोलाई मध्यनजर गर्दै काम गरिरहेको बताईन ।
संस्थाले गरेको वित्तीय विवरण २०८२ अषाड मसान्त सम्मको शेयर पूँजी रु ५० करोड ४३ लाख ९ हजार ६ सय,जगेडा कोष रु ७१ करोड ४६ लाख ७७ हजार १ सय ५९ रुपैयाँ, कुल बचत रु ६ अर्ब ५१ करोड ७ लाख ९ हजार ९ सय ३२ रुपैयाँ ,कुल सम्पत्ति रु ६ अर्व ५१ करोड ७ लाख ९ हजार ९ सय ३२ रुपैयाँ, लगानीमा रहेको कर्जा रु ४ अर्ब ९४ करोड ८ लाख ५३ हजार ८ सय १६ रुपैयाँ र विभिन्न कोषहरूको जम्मा रकम रु १ अर्ब ४२ करोड ४३ लाख ४६ हजार ४ सय ४३ रुपैया जम्मा रहेको छ । 
किसान कोप शिक्षा पदक अन्तर्गत इकाई भेलामा संस्था आवद्ध शेयर सदस्यका छोराछोरीहरू मध्ये (एस ई इ) परीक्षामा उत्कृष्ट नतिजा ल्याउने २ जनालाई नगद रकम सहित प्रमाण पत्र प्रदान गरिएको हो । ५ जना उत्कृष्ट सेयर सदस्य र २ उत्कृष्ट केन्द्रलाई सम्मान गरिएको थियो । त्यस्तै ५ जना शेयर सदस्यले उत्कृष्ट व्यवसायी गरेकोमा सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि भजनी नगरपालिका वडा ३ का वडाध्यक्ष विक्रम चौधरीले शेयर सदस्यहरुलाई रिण आफ्नो लागि मात्र निकाल्नुपर्ने सुझाव दिनुभयो। उहाँले भन्नुभयो, “अरुको लागि रिण निकाल्दा समस्या उत्पन्न हुने घटना धेरै भईरहेको छ।”
उहाँले संस्थाले ५/५ हजारको दरले छात्रवृत्ति प्रदान गरेकोमा सहकारीलाई धन्यवाद व्यक्त गर्नुभयो। साथै, संस्थाले शेयर सदस्यहरुलाई प्रदान गर्दै आएको सेवा र सुविधा प्रती खुलेर प्रशंसा गर्नुभयो।
अन्तमा, प्रमुख अतिथीले आफू पनि संस्थासँग साझेदारी कार्यक्रम गर्न तयार रहेको जानकारी दिनुभयो। 
त्यसतै कार्यक्रममा बिशिस्ट अतिथि सुरेन्द्र प्रसाद जैसीले संस्थाले गरेका उल्लेखनीय कार्यहरूको प्रशंसा गर्दै सदस्यहरू प्रति धन्नेबाद व्यक्त गरे। उनले हाल फैलिएको रिण मिनाहा सम्बन्धी भ्रममा नपर्न सबै सदस्यहरूलाई अनुरोध समेत गरे।
उहाँले सदस्यहरूले गरेको बचतको महत्त्व औँल्याउँदै, आवश्यकता परेमा सदस्यले आफ्नो बचत फिर्ता लिन सक्ने जानकारी पनि दिनुभयो।
त्यस्तै संस्थाका महाप्रबन्धक डम्बर बहादुर शाहले सदस्यलाई कुनै पनि समस्या परेमा संस्था रातारात सहायता गर्न तयार रहने बताए। 
उहाँले खातामा रहेको रकमलाई डिजिटल माध्यमबाट सहज रूपमा भुक्तानी गर्न सकिने व्यवस्था संस्थाले लागू गरिसकेको जानकारी दिनुभयो।
शाहका अनुसार सहकारीले पछिल्ला वर्षहरूमा व्याजदर क्रमशः घटाउँदै सदस्यलाई थप सहजता प्रदान गर्दै आएको छ। उहाँले साना–साना रकम बचत गर्ने बानीले भविष्यमा ठूलो पूँजी निर्माण हुने उल्लेख गर्दै नियमित बचत संस्कृतिले सहकारीलाई मात्र होइन, सदस्यकै आर्थिक स्थायित्वलाई मजबुत बनाउने धारणा राख्नुभयो।
त्यस्तै जोशिपुर एकाई प्रमुख जनक रावलले संस्थाले हरेक वर्ष बार्षिक साधारण सभा मनाउँदै आएको जानकारी दिए। उनले बताएअनुसार हालसम्म संस्थामा करिब ९२ हजार शेयर सदस्य रहेका छन्।
संस्थाले आफ्ना सदस्यका लागि एटीएम सेवा सुरु गरेको छ भने, eSewa मार्फत पनि किसान बहुउद्देश्यीय सहकारी संस्थाको बैंक खातामा पैसा जम्मा गर्न सकिने व्यवस्था गरिएको छ।
अतिरिक्त रूपमा, विपद् वा अप्रत्याशित घटनामा सहयोगका लागि सदस्यलाई ५ हजार रुपैयाँसम्मको सेवा सुविधा प्रदान गरिने र घातक रोग लागेका सदस्यका लागि १५ हजार रुपैयाँसम्मको सेवा सुविधा उपलब्ध रहेको उनले जानकारी दिए।
कार्यक्रमको समापनमा बोल्दै कार्यक्रमका सभाध्यक्ष टिकेन्द्र बहादुर थापाले कर्जा मात्र वितरण गर्ने कार्य पर्याप्त नभएको बताएका छन्। उनले सदस्यहरूको समग्र उत्थानका लागि संस्थाले निरन्तर काम गरिरहेको उल्लेख गर्दै उत्कृष्ट सेवा प्रदान गर्न सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे।
कार्यक्रममा उपस्थिति हुनुभएका सम्पूर्णमा अतिथिहरु लाई मायाको चिनो प्रदान गरिएको थियो।













