क्षितिज जैसी लम्कीचुहा कैलाली

कैलालीको लम्कीचुहा नगरपालिका–१ लम्की स्थित देशकै नमू्ना सहकारी मध्यको एक किसान बहुउद्देश्यीय सहकारी सँस्था लि.को निर्णय प्रमाणिकरण भेला सम्पन्न शनिवार लम्की जेसीज हलमा सम्पन्न भएको छ ।
प्रमाणिकरण भेलमाको उद्घाटन सत्रमा बोल्दै किसान बहुउद्देश्यीय सहकारी सँस्थाका संस्थापक तथा कार्यक्रमका प्रमुख अतिथि मंगल बहादुर शाहले स्थापनाकाललाई स्मरण गर्दै सँस्था साचेको भन्दा धेरै अगाडि बढेको बताउनुभयो ।
बाईट १ः मंगल बहादुर शाह, संस्थापक, किसान बहुउदेश्यीय सहकारी सँस्था लि.
त्यस्तै शाहले सदस्य हितमा काम गर्दै किसान सहकारी अझै ठूलो बनोस् भन्ने शुभकामना समेत व्यक्त गर्नुभएको थियो ।
आर्थिक वर्ष २०८१÷०८२ मा १४ करोड २४ लाख खुद नाफा कमाउन सफल किसान सहकारीका अध्यक्ष सुरेन्द्र कुमार शाहले संस्था शेयर सदस्य, ग्राहक, कर्मचारी लगन र पूर्व सञ्चालक समिति र सम्पूर्ण समुदायको देनका कारण किसान आज ३० वर्ष पूरा ३१ औँ वर्षमा प्रवेश गरेको बताउनुभयो ।
बाईट. सुरेन्द्र कुमार शाह, किसान बहुउद्देश्यीय सहकारी सँस्था लि.
त्यस्तै कुल सम्पत्ति ६ अर्ब ५१ करोड पुगेको किसान सहकरीका महा प्रबन्धक डम्बर बहादुर शाहले विभिन्न आरोह अवरोहका समयमा शेयर सदस्य देखाउनु भएको विश्वास र मायाका कारण गर्वका साथ सहकारीकर्मी भन्न पाइएको बताउँदै आगामी दिनमा सँस्था थप मजबुत बनाएर समृद्धिका लागि समुदायसँगै सँगै बढेर विश्व पर्यावरणका क्षेत्रमा काम गर्ने गरिने बताउनुभयो ।
बाईट ३ः डम्बर बहादुर शाह, महा प्रबन्धक, किसान बहुउद्देश्यीय सहकारी सँस्था लि.
लेखा सुपरीवेक्षण समितिकाका संयोजक नृप बहादुर कुवंरले भेलमा लेखा परीक्षण प्रतिवेदन पेश गर्दै किसानलाई किसान बनाउनमा भूमिका खेल्नु हुने सम्पूर्णमा आभारमा प्रकट गर्नुभयो ।
बाईट ३ः लेखा सुपरीवेक्षण समितिकाका संयोजक नृप बहादुर कुवंर
त्यस्तै भेलामा शुभकामना मन्तव्य व्यक्त गर्नुभएका विभिन्न संघसँस्थाका प्रतिनिधिहरू किसान बहुउद्देश्यीय सहकारी सँस्था लि.को थप प्रगति र उन्नतीका लागि कामना व्यक्त गर्नुभएको थियो ।




