यज्ञराज जैसी भजनी,

कैलालीको भजनी नगरपालिका वडा नं. ३ मा अगुवा कार्यकर्तामार्फत शीतलहर सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। जाडोका कारण बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला तथा जोखिममा रहेका समुदायलाई सुरक्षित राख्नुपर्ने भएकाले शीतलहरबारे जनचेतना जगाइएको रेडक्रस भजनी शाखाका सभापति रामनारायण चौधरीले जानकारी दिनुभयो। 
उहाँका अनुसार अगुवा कार्यकर्ताहरूले समुदायस्तरमा घर–घर पुगेर तथा सामूहिक छलफलमार्फत शीतलहरका कारण हुने स्वास्थ्य जोखिम, बच्ने उपाय, न्यानो कपडाको प्रयोग, आगो ताप्दा अपनाउनुपर्ने सावधानी तथा जाडोबाट देखिने लक्षणबारे जानकारी प्रदान गरेका छन्।
साथै, आपतकालीन अवस्थामा अपनाउनुपर्ने व्यवहार, समुदायमा आपसी सहयोगको महत्व तथा स्थानीय स्रोत–साधनको प्रयोग गरी कसरी सुरक्षित रहने भन्ने विषयमा पनि सचेतना फैलाइएको छ। 
यस किसिमका कार्यक्रमले समुदायको पूर्वतयारी क्षमता अभिवृद्धि गर्नुका साथै जलवायुजन्य जोखिमप्रति समुदायलाई सचेत र सक्षम बनाउने लक्ष्य लिएको




