कैलाली भजनी: आगामी स्थानीय चुनाव नजिकिएसँगै कैलालीको भजनी–७ मा राजनीतिक गतिविधि तीव्र भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रममा केन्द्रिय सदस्य लक्ष्मण थारु प्रमुख अतिथिको रूपमा सहभागी रहेका थिएभने कार्यक्रममा कैलाली ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार जगत प्रसाद जोशीको पनि सहभागीता रहेको थियो ।
उक्त कार्यक्रममा विभिन्न पार्टी छोडेर २४ जना स्थानीय राजनितिकर्मीहरू र स्थानीय नागरिकले राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन। कार्यक्रमको सहजीकरणकर्ता कृष्ण सक्सेनाले बताए, “स्थानीय विकास, पारदर्शिता र समुदायका मुद्दालाई अगाडि बढाउन यो कदम उठाइएको हो।”

स्थानीयहरूले नयाँ नेतृत्वले समुदायको आवाज सुन्ने र समस्याहरू समाधान गर्ने आशा गरेका छन्। 




