आज देखि निर्वाचन आचारसंहिता २०८२ निष्क्रिय हुने भएको छ। निर्वाचन आयोगले फागुन २१ गतेको निर्वाचनका लागि माघ ४ देखि आचारसंहिता लागू गरेको थियो। 

निर्वाचन आचारसंहिताको सम्पूर्ण व्यवस्था मिति २०८२/१०/०४ गते राति १२ बजेदेखि अर्को सूचना प्रकाशन नभएसम्म लागू गर्ने निर्णय भएकोमा निर्वाचन आचारसंहिता, २०८२ मिति २०८२/११/२५ गते राति १२ बजेदेखि लागू नरहने,’ आयोगले विज्ञप्तीमार्फत् जनाएकाे छ।




