कैलाली क्षेत्र नम्बर २ का माननीय केपी खनालको पहलमा सरकार गठन भएको पहिलो दिनमै सुदूरपश्चिमको गेटामा अवस्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि रोकिएको बजेट सुचारु गर्ने विषयमा महत्वपूर्ण निर्णय गरिएको छ।

उपकुलपति सहित सम्बन्धित निकायका प्रतिनिधिहरु तथा प्रतिनिधि सभा सदस्यहरुसँग भएको छलफलपछि उक्त विश्वविद्यालयका लागि रोकिएको बजेट सञ्चालनमा ल्याउने र आगामी शैक्षिक वर्षदेखि शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गर्न पहल गर्ने निर्णय गरिएको हो। 
यस निर्णयअनुसार विश्वविद्यालयका सह–कुलपति समेत रहेका नव नियुक्त शिक्षा मन्त्री समक्ष उक्त विषय औपचारिक रूपमा प्रस्तुत गरिने बताइएको छ।
उक्त कार्यक्रममा केपी खनाल पनि उपस्थित रहनुभएको थियो। रोकिएको बजेट सुचारु गर्ने विषयमा उहाँले पहिलेदेखि नै आवाज उठाउँदै आएका थिए।




