कैलाली क्षितिज जैसी,

कैलालीको लम्की जेसिजले आयोजना गर्न लागेको विद्यालय स्तरीय बहुप्रतिक्षित “जेसिज कप २०८२” क्रिकेट प्रतियोगिता यही मंसिर १३ गतेदेखि सुरु हुने भएको छ। विद्यालयस्तरको खेलकुद विकास र विद्यार्थीहरूमा खेलप्रतिको उत्साह बढाउने उद्देश्यसहित लम्की जेसिजले प्रत्येक वर्ष आयोजना गर्दै आएको यो प्रतियोगिता अब आफ्नो चौथो संस्करणमा प्रवेश गर्न लागेको हो।
आयोजक समितिका अनुसार प्रतियोगितामा माध्यमिक तह (कक्षा १० सम्म) का सम्पूर्ण निजी तथा सामुदायिक विद्यालयहरूले सहभागिता जनाउन पाउनेछन्। प्रतियोगिताको तयारी तीव्र गतिमा अगाडि बढिरहेको जनाइएको छ। विद्यालयहरूले समयमै सम्पर्क गरी आफ्ना टोली दर्ता गराउन अनुरोध गरिएको छ। 
जेसिजका प्रतिनिधिहरूका अनुसार यस वर्षको प्रतियोगिता विगतका वर्षभन्दा अझ व्यवस्थित र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ। खेलमैदानको व्यवस्थापनदेखि खेलाडीहरूको सुरक्षासम्मका सबै पक्षमा विशेष ध्यान दिइएको बताइएको छ।
टिम दर्ताका लागि आयोजकले निम्न सम्पर्क नम्बरहरू सार्वजनिक गरेको छ। ९८४८५९६२१३, ९८४८४२९५६५, ९८६८०५६४९९, ९८५१२०९५५९, ९८५७०२७३०५
लम्की जेसिजका अध्यक्षका अनुसार, “जेसिज कप केवल खेल प्रतियोगिता मात्र नभई विद्यार्थीहरूलाई अनुशासन, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको भावनामा अघि बढाउने अवसर पनि हो।
समुदायमा युवाहरूको सकारात्मक विकास र खेलकुदप्रतिको आकर्षण बढाउँदै आएको लम्की जेसिजले यसअघि पनि विद्यालयस्तरमा विभिन्न खेलकुद तथा नेतृत्व विकास कार्यक्रमहरू आयोजना गर्दै आएको छ।






