कैलालीको भजनी नगरपालिका वडा नम्बर १ मा रहेकोे महुन्याल सामुदायिक बन उपभोक्ता समुह द्वारा २०८१/८२ को आमदानी बाट गरिब जेहन्दार बिद्यार्थीलाई पठनपाठन सामाग्री र खेलाडी हरुलाइ खेलकुद सामाग्री वितरण गरिएको छ ।

सामुदायिक वनको क्षेत्र अधिकार भित्र पर्ने वडा नम्बर १ र ३ भित्र रहेका सामुदायिक बिधालयका आधारभूत तहका एक बिधालय बाट ५ जाना गरि महुन्याल माध्यमिक बिधालय , केदार नाथ आधारभूत बिधालय , बालबिधा आधारभूत बिधालय गरी १५ जना बिद्यार्थी लाइ सामाग्री वितरण गरिएको छ । त्यस्तै गरी भजनी कल्व भजनी र जाल्पा कल्व भज्नी लाई खेलकुद सामाग्री वितरण समेत गरिएको हो।

सामुदायिक वनका अध्यक्ष भागीराम डगौराको सभा अध्यक्षतामा सुरु भएको कार्यक्रम को प्रमुख अतिथि भजनी नगरपालिका कार्यपालिका सदस्य मान देवी चौधरी रहनु भएको थियो । बिशिष्ट अतिथि सब डिभिजन बन कार्यालय भजनीका प्रतिनिधि प्रकाश् वि क त्यस्तै महुन्याल माध्यमिक बिधालयका शिक्षक डम्बर मिश्र ,बालबिधा आधारभूत बिधालयका शिक्षक दया चौधरी ,केदारनाथ शिक्षक शिब कुमार चौधरी लगायत बिद्यार्थी अभिभावक को उपस्थिति रहेकोे थियो ।
कार्यमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कार्यपालिका सदस्य मान देवी चौधरी सामुदायिक वन द्वारा राम्रो काम गरिएको र आगामी दिनमा यस्ता काम गर्दै अगाडि जावस लगायतका कुराहरू राख्नुभएको थियो ।
त्यस्तै बिशिष्ट अतिथि प्रकाश् बि क ले आज सम्म आफु सब डिभिजन बन कार्यालय भजनीमा आएको ३ बर्ष भो र भजनी नगरपालिकामा मात्रै ६० वटा सामुदायिक वनहरु छन् जस् मध्य यो पहिलो उपभोक्ता मुखि कार्यक्रम रहेकोे बताए । आज जसरी गरिब जेहन्दार बिद्यार्थी र खेलाडी हरु लाई खेलकुद सामाग्री वितरण गरिएको छ । यो निकै राम्रो उत्कृष्ट काम रहेको समेत बताए ।
कार्यक्रममा स्वागत मन्तव्य संस्था कि सचीव मंगला जोशीले गर्नुभएको थियो भने कार्यक्रम संचालन संस्थाका सदस्य दिनेश कुमालले गरेका थिए ।




