सामाजिक अभियान्ता केपि खनाल सहित खगेन्द्र सुनार ,सागर ढकाल सहित २६ जना राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्यमा मनोनीत भएका छन।उनिहरुले आईतवार रास्वपाको मुख्यालयमा सपथ लिएका छन् ।

खनाल काठमाडौं महानगरपालिका मेयर बालेन शाह र रास्वपा सभापति रबि लामिछानेले बिच ७ बुदे सहमति भएपछि बालेन कोटाबाट रास्वपाको केन्द्रीय सदस्यमा मनोनीत भएका हुन। 
अछामको रामारोशनमा २०५६ सालमा जन्मिएका खनालले हाल कैलालीको लम्किचुहामा बस्दै आएका छन् ।नेपालको ‘कान्छो सामाजिक अभियन्ताले परिचित खनालले बाजुरा जिल्लामा अनाथ आश्रमको निर्माण गरेका छन् ।यस्तै काठमाडौँमा ‘क्लिन काष्ठमण्डप’ र “म बदलिन्छु अनि मेरो देश बद्लिन्छ भनेर सरसफाइ सम्बन्धि अभियान चलाउदै आएका थिए ।
खनाल ७ कक्षा पढ्दादेखि नै रेडियोमा बाल पत्रकार भएर काम गर्दै सामाजिक क्षेत्रमा लागेका थिए। उनले गरिबीका कारण बाल मजदुरको रूपमा भारतको मुम्बईस्थित मिरारोडको होटलमा काम गरेका थिए। आफ्नै देशमा केही गर्नुपर्छ भन्ने उद्देश्यले नेपाल फर्केर उनी ‘प्लस टु’ पढ्दै गर्दा गाउँघरमा सरसफाइ अभियान, गरीब असहायलाई राहत वितरण जस्ता सामाजिक कार्यमा सक्रिय भए। पछि उनी ‘प्लस टु’ को पढाइ सकाएर उच्च शिक्षाका लागि काठमाडौँ पुगेका थिए ।
काठमाडौँ पुगेको एक महिनामै ‘क्लिन काष्ठमण्डप’ नामको अभियान अन्तर्गत “म बदलिन्छु अनि मेरो देश बदलिन्छ” भन्ने भावसहित सफाइ अभियानको सुरुवात गरेका थिए । सुदूरपश्चिमको विकट बाजुरा जिल्लाको बूढीगङ्गा नगरपालिकास्थित ‘कन्सर्न बाजुरा’ नामक संस्थाले तीन वर्षदेखि बाजुराका १२ जना अनाथ बालबालिकालाई संरक्षण गर्दै आएको थियो। त्यसका लागि बालगृह बनाउन उनले ५० लाख रुपैयाँ लागत रकम जुटाउने अभियानमा लागे र सफल पनि भए।शिलान्यासको एक वर्ष अवधिभित्रै बालगृहको भवन निर्माण सम्पन्न गरी वि.सं. २०७६ बैशाख २५ गते चलचित्र अभिनेता राजेश हमालबाट संस्थालाई साँचो हस्तान्तरण गराएका थिए।
खनाल र उनका केहि साथीहरु मिलेर ‘म बदलिन्छु, मेरो देश बदलिन्छ’ भन्ने नाराका साथ क्लिन काठमाडौँ अभियान चलाएका छन्। कहिले उनीहरू सडकमा झाडु लगाउँने र कहिले रातबिरात जथाभावी फोहोर फाल्नेलाई सम्झाउन र फोहर फाल्ने ठाउँमा पुगेर सचेत गराउने काम गर्दै आइरहेका छन्




