पौष २७ गते आयोजना हुने ‘ट्र्यास कलेक्सन रेस’ प्रतियोगिता सफल रूपमा सञ्चालन गर्न मैनादेवी फाउन्डेसन, लम्किचुहा–३ ले स्वयंसेवक दर्ता आह्वान गरेको छ।
वातावरण संरक्षण, सरसफाइ तथा फोहोर व्यवस्थापनप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले हुन लागेको उक्त कार्यक्रममा स्वयंसेवकहरूले समन्वय, सहभागि व्यवस्थापन, सरसफाइ गतिविधि, सुरक्षा तथा कार्यक्रम सञ्चालनमा सहयोग गर्नेछन्।
स्वयंसेवक दर्ता गर्न इच्छुक व्यक्ति, युवा, विद्यार्थी, क्लब/संघसंस्थाका सदस्य वा सामाजिक अभियन्ताले तलको लिङ्कमार्फत दर्ता फारम भर्न सक्नेछन्:
यहाँ क्लिक गरेर दर्ता गर्नुहोस्:
https://bit.ly/Lamkitrashcollectionrace2026
आयोजकको जानकारीमा, स्वयंसेवकका रूपमा सहभागिता जनाउनेहरूले वातावरण संरक्षणसम्बन्धी व्यवहारिक अनुभव प्राप्त गर्ने तथा स्थानीय समुदायमा सकारात्मक प्रभाव फैलाउने मौका पाउनेछन्।
मैनादेवी फाउन्डेसनले चारैतिरका समुदायहरूमा ‘ट्र्यास कलेक्सन रेस’ कार्यक्रम चलाउँदै आएको र सरसफाइ संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको जनाएको छ।
स्थानीय तह, शैक्षिक संस्था, युवा समूह तथा सरोकारवालालाई कार्यक्रम सफल बनाउन स्वयंसेवकका रूपमा सक्रिय सहभागिता जनाउन खासगरी आह्वान गरिएको छ।





