भजनीमा बडादशैं लक्षित सीमा सुरक्षासम्बन्धी छलफल, डिएसपी बस्नेतको प्रतिबद्धता “घरायसी सामानमा कुनै दुःख हुँदैन ।

यज्ञराज जैसी भजनी,
कैलालीको भजनीमा आउँदै गरेको बडादशैं पर्वलाई लक्षित गर्दै सीमा सुरक्षासम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ। भजनी–५ स्थित सशस्त्र प्रहरी बल नेपाल गुलरिया गुल्मका डिएसपी ताम्रजङ्ग बस्नेतको सभाध्यक्षतामा आयोजित कार्यक्रममा वडा नं. ५ र ७ का बडघर अध्यक्ष, भजनी–५ का वडा अध्यक्ष केशब बहादुर बुढा, वडा सदस्य तथा पत्रकारहरुको सहभागिता रहेको थियो। 
कार्यक्रममा डिएसपी बस्नेतले भारततर्फ किनमेलका लागि जाने नागरिकलाई घरायसी प्रयोगका सामानमा कुनै रोक नलाग्ने स्पष्ट पार्नुभयो। उहाँले बढी मात्रामा ल्याइने सामग्री भने अनिवार्य भन्सारमार्फत राजस्व तिरेर मात्र ल्याउनुपर्ने बताउनुभयो। साथै, प्रतिबन्धित वस्तुमा पूर्ण रुपमा नियन्त्रण गरिने जानकारी दिनुभयो।
“म हुँदा सम्म किसान र सर्वसाधारणलाई घरायसी सामानमा कुनै दुःख हुनेछैन,” बस्नेतले कार्यक्रममा प्रतिबद्धता जनाउनुभयो। 




