इरानको होर्मोजगान प्रान्तको विद्यालयमाथि गरिएको इजरायली आक्रमणमा परी मारिने विद्यार्थीको संख्या ५७ पुगेको छ।

६० जना घाइते भएका छ्न्। मिनाबका प्रान्तीय गभर्नर मोहम्मद रादमेहरले शनिबार स्कुलमा आक्रमण भएको र धेरै विद्यार्थीहरू शहीद भएको बताए। इरानको सरकारी समाचार संस्था आईआरएनएले इजरायली आक्र*मणमा परी मारिने विद्यार्थीहरूको संख्या ५७ पुगेको पुष्टि गरेको छ।

रादमेहरले ५३ जना विद्यार्थी अझै पनि भग्नावशेषमुनि रहेको बताए। उनले विद्यालयमा उद्धार र सहायता कार्य जारी रहेको तथा शहरको सुरक्षा अवस्था नियन्त्रणमा रहेको बताएको समाचारमा उल्लेख गरेको छ । अमेरिका र इजरायलले शनिबार बिहानै इरानविरुद्ध संयुक्त आक्रमण सुरु गरेको थियो। इरानी सशस्त्र बलले पनि ब्यालिस्टिक क्षेप्या*स्त्र र ड्रोनहरू प्रयोग गरेर इजरायली–कब्जामा रहेका क्षेत्र र अमेरिकी सैन्य अड्डालाई लक्षित गर्दै ठूलो प्रतिशोधात्मक हमला सुरु गरेको छ




