यज्ञराज जैसी कैलाली भजनी,
घोडाघोडी: निरन्तर खेल विकासतर्फ अग्रसर घोडाघोडी क्रिकेट एकेडेमीले आधुनिक सुविधासहित नयाँ पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिएको छ।

अबको केही दिनभित्र नै नाइट सेसन अभ्यास समेत सुरु हुने तयारी भइरहेको छ। हाल नेटको काम सम्पन्न भइसकेको छ भने १३५ मिटर लम्बाइ र ६ फिट उचाइको पक्की जालीदार घेराबार निर्माण अन्तिम चरणमा पुगेको छ।

तस्बिर – १
त्यसैगरी, १३५ मिटर क्षेत्रलाई नै समेट्ने गरी ३० फिट उचाइसम्मको पूर्ण नेट जाली निर्माण हुने र नाइट सेसन अभ्यासका लागि आवश्यक लाइटिङ व्यवस्था पनि जडान गरिँदैछ।
उक्त जानकारी रमेश आचार्यले दिएका हुन्।
यससँगै घोडाघोडी क्रिकेट एकेडेमीले खेलाडी उत्पादन र अभ्यास सुविधामा नयाँ स्तर हासिल गर्ने अपेक्षा गरिएको छ।

तस्बिर -२




