यज्ञराज जैसी भजनी,
भजनी, कैलाली — सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षा सचेतना अभिवृद्धिका लागि हुलाकी राजमार्ग अन्तर्गत भजनी–३ स्थित ठेकीपुर पुल आसपास क्षेत्रमा ट्राफिक सचेतनामूलक स्टिकर टाँस गरिएको छ।


भजनी अस्थायी ट्राफिक पोस्ट र भजनी वडा नं. ५ को कार्यालयको सहयोगमा सञ्चालन गरिएको उक्त अभियान अन्तर्गत ठेकीपुर पुलका दुवै तर्फका पोलहरू, डल्फ तथा साइकलहरूमा स्टिकर टाँस गरिएको भजनी अस्थायी ट्राफिक पोस्टका प्रहरी हवल्दार नरेन्द्र चन्दले जानकारी दिनुभयो।

उहाँका अनुसार सडक प्रयोगकर्तामा सचेतना फैलाउने उद्देश्यले यो अभियान अघि बढाइएको हो।
त्यसैगरी भोलिदेखि विद्यालय जाने विद्यार्थीहरूले प्रयोग गर्ने साइकलहरूमा समेत स्टिकर टाँस गरिने तथा भजनी–५ का विभिन्न चोकहरूमा अभियान विस्तार गरिने वडा अध्यक्ष केशव बहादुर बुढाले जानकारी दिनुभयो।
भजनी ईप्रका प्रहरी निरीक्षक खगेन्द्र सिंह साउद, ५ का वडा अध्यक्ष केशव बहादुर बुढा वडा सदस्य, सन्चारकर्मी, सुरक्षाकर्मी र समाजसेवी लगायतको सहभागीतामा उक्त अभियान सन्चालन गरिएको हो ।





- सत्य तथ्य र निष्पक्ष समाचारका लागि भजनी जालपा मिडिया भजनी कैलाली
- “समाज विकासको सम्बाहक, सधै एक कदम अगाडि”




