भजनी कैलाली, यज्ञराज जैशी

हाल देशभर सक्रिय मौसमी प्रणालीका कारण सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरूमा अत्यधिक वर्षाको सम्भावना देखिएको भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
प्राधिकरणद्वारा जारी उच्च सतर्कता सूचना अनुसार सुदूरपश्चिम प्रदेशका बैतडी, डडेल्धुरा, डोटी, अछाम, कैलाली र कञ्चनपुर जिल्लाहरूमा भारी वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम उच्च रहेको उल्लेख गरिएको छ ।




