भजनी, कैलाली यज्ञराज जैसी,

भजनी नगरपालिकाको स्वास्थ्य चौकी स्तरीय न्यूनतम सेवा मापदण्ड (HP MSS) समिक्षा गोष्ठी सम्पन्न भएको छ।
२०८१/०८२ आ.व. को भजनी नगरपालिकाको न्यूनतम स्वास्थ्य सेवा मापदण्ड सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै समिक्षा गरिएको उक्त गोष्टिमा भजनी नगरपालिका नगर प्रमुख केवल चौधरीको सभाध्यक्षतामा सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत निलम कुमार न्यौपानेको विशेष उपस्थिति रहेको थियो भने भजनी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा उक्त गोष्ठी सम्पन्न गरिएको हो।
कार्यक्रममा नगर प्रमुख केवल चौधरीले ” पालिकाले जति पनि स्वास्थ्य,कृषि र शिक्षा क्षेत्रमा लगानी गरेको छ । त्यस्ले सफलता हासिल गरेकोमा स्वास्थ्य केन्द्र लगायतले गरेको काम प्रती धन्नेबाद दिएका हुन।
त्यस्तै प्रमुख प्राशसकिय अधिकृत निलम कुमार न्यौपाने “देखाएको तथ्यांक राम्रो भएको बताउदै स्वास्थ्यकर्मीले गरेको सेवालाई धन्नेबाद दिदै आफू खुसी भएको बताए ।
भजनी नगरपलिकामा उत्कृष्ट सेवा दिने स्वास्थ्यकर्मीहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
हेर्नुस् उत्कृष्टमा पर्न सफल स्वास्थ्य केन्द्रहरु:
१.भजनी प्राथमिक स्वास्थ्य केन्द्र प्रथम
२.खैलाड स्वास्थ्य चौकी दृतिय
३.थापापुर स्वास्थ्य चौधरी तृतीय
समिक्षा गोष्ठीमा विभिन्न वडा आधारभुत स्वास्थ्य केन्द्रका प्रतिनिधि र स्वास्थ्यकर्मीको समेत सहभागिता रहेको थियो। गोष्ठीमा स्वास्थ्य सेवामा देखिएका सफल अभ्यासहरू, कमजोरी, सुधारका उपाय तथा आगामी योजना माथि विस्तृत छलफल गरिएको थियो।




