क्षितिज जैसी,लम्कीचुहा

प्रकृतिमा आधारित समाधान (Nature Based Solution – NbS) कार्यक्रमको प्रारम्भिक कार्यशाला आइतबार कैलाली जिल्लाको घोडाघोडी नगरपालिकामा सम्पन्न भएको छ।
कार्यशाला नेपाल रेडक्रस सोसाइटी, अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासंघ (IFRC), विश्व वन्यजन्तु कोष (WWF), सहमति संस्था र नेपाल सरकारको सहकार्यमा आयोजना गरिएको हो। सो परियोजना पाँचवटै संस्थाको साझेदारीमा कैलालीका विभिन्न स्थानीय तहमा लागू गरिँदैछ।
कार्यक्रम घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक बहादुर रावतको सभापतित्वमा सम्पन्न भएको हो । 
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका तर्फबाट परियोजना संयोजक गौरीलाल बुढाथोकी र सहमति संस्थाका प्रतिनिधि शिव सुवेदीले परियोजनाबाट सञ्चालन गरिने गतिविधिबारे प्रस्तुतिकरण गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका सभापति लोकराज जोशीले जिल्लामा विपद व्यवस्थापनका क्षेत्रमा रेडक्रसले विगतदेखि खेलेको भूमिकाका बारेमा जानकारी दिदै लागू हुन लागेको परियोजनाका बारेमा जानकारी दिनुभएको थियो ।
कार्यशालामा गौरीगङ्गा नगरपालिकाका नगर प्रमुख देवीदत्त कंडेल, मोहन्याल गाउँपालिकाका उपाध्यक्ष कमल साउद, कैलारी गाउँपालिकाकी उपाध्यक्ष भगवती कुमारी चौधरी र भजनी नगरपालिकाका कार्यवाहक नगर प्रमुख बिक्रम चौधरी, सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद सम्पर्क व्यक्ति जनक धामी, उद्योग पर्यटन वन त्था वातावरण मन्त्रालयका विपद सम्पर्क व्यक्ति मान सिंह साउद, सब डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख रामचन्द्र कंडेल, जल तथा मौसम विज्ञान विभाग अत्तरियाका प्रमुख सञ्जय शाहले परियोजना कार्यन्वयनका लागि सुझाव सहितको मन्तव्य राख्नुभएको थियो ।
यसैगरी कार्यक्रममा परियोजना लागू हुने पाँचवटै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, वन तथा वातावरण समितिका संयोजक, विपद व्यवस्थापन शाखा प्रमुख लगायत सरोकारवालाहरूको समेत उपस्थिति रहेको थियो।
यसैगरी, कार्यशालामा चुरे राष्ट्रपति संरक्षण कार्यक्रम कार्यान्वयन इकाई लम्कीका प्रशासन प्रमुख जयराज ढुङ्गाना, नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका निवर्तमान सभापति बाशुदेव बिनाडी, शाखाका पदाधिकारी, सदस्य तथा परियोजना लागू हुन लागेका उपशाखाका प्रतिनिधिहरूको समेत कार्यक्रममा सहभागीता रहेको थियो ।
नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका उपसभापति बलबहादुर रावलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन मन्त्री राकेश हमालले गर्नुभएको थियो ।
कार्यशालामा सहभागीहरूले NbS परियोजना विपद व्यवस्थापनलाई दिगो बनाउन, प्राकृतिक स्रोत संरक्षण गर्न र जलवायु परिवर्तनसँग जुध्न दीर्घकालीन योगदान पुर्याउने विश्वास व्यक्त गरेका थिए ।




