यज्ञराज जैसी भजनी,

भजनी: कैलाली मर्सिकोर नेपाल र सेवक नेपालद्वारा सञ्चालित आर्थिक विकासमार्फत जोखिम व्यवस्थापन (M-RED) परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा भजनी नगरपालिका-३, बर्दुवाफाँटामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत र्याली तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। 
“प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने नारासहित आयोजना गरिएको कार्यक्रम दैलेखी टोलबाट सुरु भई हुलाकी सडकसम्म र्याली गरिएको थियो। सहभागीहरूले लैङ्गिक हिंसा अवरोध, महिला तथा किशोरीमाथि हुने दुव्र्यवहार, रचनात्मक सामाजिक व्यवहार तथा प्रविधिको सुरक्षित प्रयोगबारे जनचेतनामूलक नारा र प्लेकार्डसहित पदयात्रा गरेका थिए।
र्यालीपछिको कोणसभामा लैङ्गिक हिंसा पहिचान, सहयोग प्राप्त गर्ने उपाय, समुदायको भूमिका तथा प्रविधि दुरुपयोगका जोखिम विषयमा छलफल भएको थियो। कार्यक्रममा स्थानीय महिला समूह, युवाहरू, स्वयसेविका, समुदाय अगुवा र M-RED परियोजनाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। 
अभियानको माध्यमबाट सामुदायिक स्तरमा लैङ्गिक हिंसा रोकथाममा सामूहिक जागरण गर्ने उद्देश्य रहेको हो । कार्यक्रममा करिब ५५ जना सहभागी भएका थिए।




