क्षितिज जैसी, कैलाली लम्कीचुहा

कैलालीको लम्कीचुहामा रहेको लम्की वितरक संघको आज मधुवन-१ बर्दिया स्थित टाइगर भिल्ला रिसोर्टमा ७ औं चुनावी साधारणसभा सम्पन्न भएको छ ।
अधिबेशनबाट अध्यक्षमा सशक्त सामाजिक युवा ब्यक्तित्व पुष्प ढकाल निर्वाचित भएका छन । उनी लम्कीचुहा उध्योग वाणिज्य संघका वर्तमान महासचिव समेत हुन । यस्तै उपाध्यक्षमा युवा ब्यवसायी तिलक प्रसाद खनाल,महासचिवमा उर्जावान ब्यवसायी धनिराम खनाल,सचिवमा युवा ब्यवसायी चक्र बुढा,कोषाध्यक्षमा घमन सापकोटा चयन भएकाछन ।
सदस्यमा नमराज बिष्ट,बिइम थापा,शंकर बिष्ट चयन भएकाछन भने बाँकी १ सदस्य कार्यसमितिको बैठकले चयन गर्ने जनाइएको छ ।




