यज्ञ राज जैसी, कैलाली भजनी

कैलाली : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले कैलाली निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा प्रत्यक्ष र समानुपातिक उम्मेदवारका लागि नामावली सिफारिस गरेको छ।
प्रतिनिधि सभा प्रत्यक्षतर्फ घोडाघोडी नगरपालिकाबाट प्रकाश मिश्र, विपिन आचार्य, वीरेन्द्र जिसी, कालिचरण चौधरी, दुर्गा अधिकारी, शिवकुमार कठरिया र प्रेमकुमारी थापा गरि ७ जना सिफारिस भएका छन्।
कैलारी गाउँपालिकाबाट बीरमान चौधरी, लाजुराम चौधरी, पर्सु चौधरी ‘मिसन’ र कमलप्रसाद चौधरी गरि ४ जना सिफारिसमा परेका छन्।
यस्तै भजनी नगरपालिकाबाट बिनीता देवी चौधरी, राजु पुनमगर (जेन्जी समूह) र चन्द्रबहादुर बोहरा गरी ३ जना सिफारिस भएका छन्।
त्यसैगरी प्रतिनिधि सभा समानुपातिकतर्फ घोडाघोडी नगरपालिकाबाट भिमबहादुर बम, भविसरा भण्डारी र गोविन्द बिसी गरि ३ जना सिफारिस भएका छन्।
कैलारी गाउँपालिकाबाट सुरेन्द्र चौधरी र उर्मिला चौधरी गरि २ जना सूचीमा परेका छन् भने भजनी नगरपालिकाबाट शेर बहादुर बि.क,वीरबहादुर बिक, केशव परियार, प्रदीप मल्ल र जगदम्बा भुर्जी गरि ५ जना सिफारिस भएका छन्।
यसैबीच राष्ट्रिय सभाका लागि भजनी नगरपालिकाबाट टिकाराम भण्डारी र घोडाघोडी नगरपालिकाबाट पुष्कल बहादुर वम सिफारिस भएका छन्।




