यज्ञराज जैसी भजनि कैलाली : प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा फागुन १५ गतेदेखि मदिराजन्य पदार्थको बिक्री–वितरण तथा सेवनमा निषेध गरिएको छ। निर्वाचन सम्पन्न नभएसम्म उक्त निर्णय लागू रहने प्रशासनले जनाएको छ।

निषेध अवधिमा मदिरा बिक्री–वितरण वा सेवन गराएको पाइएमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिइएको छ।
तर भजनीका केही भट्टी तथा होटलहरूले “घरमा लगेर खानु” भन्दै लुकिछिपी मदिरा बिक्री–वितरण गरिरहेको गुनासो प्राप्त भएको छ। यसले निर्वाचनको स्वच्छता र शान्ति सुरक्षामा असर पार्न सक्ने देखिन्छ। 
सम्बन्धित सरोकारवाला निकायले यस्ता गतिविधिमाथि तत्काल निगरानी बढाई आवश्यक कारबाही गर्नुपर्ने देखिन्छ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन सबै व्यवसायी तथा नागरिकलाई आचारसंहिता पूर्ण रूपमा पालना गर्न अनुरोध गरिएको छ। 




