यज्ञराज जैसी,भजनी कैलाली

कैलालीको भजनी नगरपालिका-३ पडरिया स्थित अनमोल कृषक समूह मार्फत आर्थिक वर्ष २०८२/०८३ को कार्यक्रम अन्तर्गत स्थानीय तह विशेष पकेट क्षेत्र चैते धान विकास कार्यक्रम सञ्चालन गरिएको छ। कृषि ज्ञान केन्द्र धनगढी कैलालीको ५० प्रतिशत अनुदान सहयोगमा कृषकहरुलाई विभिन्न कृषि सामग्री हस्तान्तरण गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरीले गाईहरुले बाली नाली नष्ट हुँदा किसानहरु समस्यामा पर्ने गरेको उल्लेख गर्दै गाईहरुलाई गौशालामा राखिएको बताए । कृषि क्षेत्रमा आधुनिकीकरण आवश्यक रहेको बताउदै भजनी नगरपालिकाका वडा नम्बर १ देखि ९ सम्म कृषि विद्युतिकरण कार्यक्रम, सञ्चालन मै रहेको जानकारी समेत दिए।

कार्यक्रममा २४ जना कृषकको सहभागिता रहेको थियो। कार्यक्रमको सभापतित्व अनमोल कृषक समूहका अध्यक्ष महावीर डङौराले गरेका थिए। अध्यक्ष डङौराले आज कृषकहरुले पावर टिलर लगायतका कृषि सामग्री पाउँदा निकै खुसी लागेको बताए। उनले किसानहरुलाई माटोसँग लडेर प्राप्त सामग्रीको सदुपयोग गर्दै उत्पादन वृद्धि गर्न आग्रह गरे।

कार्यक्रम अन्तर्गत विभिन्न कृषकहरुलाई कृषि सामग्री वितरण गरिएको छ। जस अनुसार महावीर डङौराले पावर टिलर, टंकी, पाइप र बोर मेसिन, सुन्दर चौधरीले रोटाभेटर, मेड बेड मेसिन, पाइप र त्रिपाल, महादेव चौधरीले रोटाभेटर, मोटर, टंकी र त्रिपाल, अजय चौधरीले पावर टिलर, टंकी, पाइप र त्रिपाल प्राप्त गरेका छन्।

त्यस्तै अरुण चौधरले पानी मोटर र पाइप, गोविन्द चौधरीले इन्जिन, टंकी, पाइप र त्रिपाल, राजकुमार चौधरीले पानी बोर, टंकी, पाइप र त्रिपाल, दुखराम चौधरीले टंकी, पाइप र त्रिपाल लगायत सामग्री प्राप्त गरेका छन्। गौरीलाल चौधरी पानी बोर सहित ९ जना कृषकलाई कृषि सामग्री हस्तान्तरण गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमको कुल बजेट…………..




