क्षितिज जैसी

कैलाली लम्की: मानव सेवा पूर्वलम्कीकी अभिभावक चन्द्रा सिंहले आफ्नो ४८औं जन्मदिनको अवसरमा संस्थामा आश्रित अभिभावकविहीन बालबालिका, मानसिक सन्तुलन गुमाएका तथा वृद्धवृद्धाहरुलाई खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेकी छिन्।
लम्कीचुहा नगरपालिका–१ लम्की बस्ने सिंहले सेवा र मानवताको भावना बोकी जन्मदिनलाई अर्थपूर्ण बनाउने उद्देश्यले संस्थालाई चामल १०० केजी, दाल ३ केजी, नुन ५ केजी, तेल २ लिटर, चना ३ केजी, खुर्सानी १ प्याकेट, धनियाँ पाउडर २०० ग्राम, जिरा पाउडर २०० ग्राम, हल्दी पाउडर २०० ग्राम, फलफूल तथा आवश्यक लत्ताकपडा प्रदान गरेकी हुन्।
सिंहको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै मानव सेवा पूर्वलम्कीका सञ्चालक विनोद थापाले यस्ता कार्यले समाजमा सकारात्मक ऊर्जा फैलाउने बताए।




