समुदाय-प्रहरी साझेदारी, शान्तिपूर्ण सुरक्षित समाजका लागि” भन्ने मूल नाराका साथ अन्तरक्रिया कार्यक्रम सम्पन्न

समुदाय-प्रहरी साझेदारी, शान्तिपूर्ण सुरक्षित समाजका लागि” भन्ने मूल नाराका साथ आज शुक्रबार श्री जनता राष्ट्रिय मा.वि. बैदीमा सामाजिक सञ्जालको प्रयोग र ट्राफिक सचेतना सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रमको आयोजना किवानिज क्लब अफ टीकापुरले गरेको हो भने सहजीकरण प्रहरी चौकी सत्ती र अस्थायी ट्राफिक प्रहरी पोस्ट, सत्तीले गरेका थिए।
कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षकहरु सहभागिता रहेको थियो। सहभागीहरूलाई सामाजिक सञ्जालको सुरक्षित र जिम्मेवार प्रयोग, तथा ट्राफिक नियमहरूका बारेमा जानकारी प्रदान गरिएको थियो।




