कैलारी गाउँपालिकाले आगलागी जन्य विपद जोखिम न्यूनिकरण गर्नका लागि दमकल खरिद गरेको छ ।

कैलारी गाउँपालिका बाढि डुबान कटान, पटानसंगै आगलागी विपदको उच्च जोखिममा रहेकोले त्यस्को न्यूनिकरणको लागि दमकल खरिद गरिएको गाउँपालिका अध्यक्ष राजसमझ चौधरीलउहाँले भन्नुभयो ‘हामिले चुनावी दौरानमा रहेको बेला, कैलाली गाउँपालिका वडा नम्बर ७ मा रहेको विपतपुर बस्तीमा आगलागी भएको क्रममा ठुलो क्षति भएको थियो । हेर्दाहेर्दै बस्ती भुवामा परिणत भएको थियो । गाउँपालिकामा त्यतिबेला दमकल भएकोभय धेरै क्षति हुने थिएन ।’ गाउँपालिका अध्यक्षले भने, ‘चुनावी दौरानमा आफुले भनेकाले, र पालिकामा एउटा दमकलको माग र अवश्यकताको आधारमा दमकल खरिद गरेको हो ।




