यज्ञराज जैशी,भजनी

भजनी नगरपालिकाले गंगा दशहराको अवसरमा जेठ २२ गते (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
नगरपालिकाले बुधबार एक सूचना प्रकाशित गर्दै हरेक वर्ष जेठ महिनाको शुक्ल दशमी तिथिमा मनाइने गंगा दशहरा यस क्षेत्रको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको पर्व भएकाले सो दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको जानकारी गराएको हो।

यस बिदाका कारण नगरपालिका कार्यालय, वडा कार्यालयहरू, स्वास्थ्य संस्थाहरू, शैक्षिक संस्थाहरु बन्द रहनेछन्।


रा.मा.बि खैलाड द्वारा शुभकामना सन्देश २०८२




