सुदूरपश्चिम ११ स्पोर्टस् क्लब तथा सुदूरपश्चिम खप्तड गोल्डकपका संस्थापक अध्यक्ष र कैलाली जिल्ला फुटबल संघका पूर्व उपाध्यक्ष, मिलनसार र फुटबलका धरोहरका रूपमा परिचित स्व. सुरेश हमालको ११औं पुण्यतिथि शनिबार श्रद्धाञ्जली कार्यक्रमसहित सम्पन्न भएको छ।

कार्यक्रम पञ्चकोशी युवा क्लब लम्की, कैलालीको आयोजनामा सम्पन्न भएको हो। प्रमुख अतिथि कैलाली जिल्ला फुटबल संघका उपाध्यक्ष तथा पञ्चकोशी युवा क्लबका निवर्तमान अध्यक्ष राजबहादुर थापाले स्व. हमालको योगदान नेपाली फुटबलमा सदैव स्मरणीय रहने उल्लेख गर्दै उहाँको फुटबलप्रतिको समर्पणको प्रशंसा गरे।

श्रद्धाञ्जली कार्यक्रममा क्लबका विभिन्न प्रतिनिधि, खेलाडी, खेलप्रेमी तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले स्व. हमालको फुटबल विकासमा पुर्याएको योगदानप्रति कृतज्ञता व्यक्त गर्दै उहाँको स्मृतिलाई निरन्तर जिवन्त राख्ने प्रतिबद्धता जनाएका थिए।




