भजनी नगरपालिका–३ बर्दवाफाटास्थित जालपा आधारभूत विद्यालय नजिकको नदी कटानले स्थानिय बासिन्दा प्रभावित भएपछि, समुदायमा आधारित विपद् व्यवस्थापन समिति, बर्दवाफाटा विपद् व्यवस्थापन समिति तथा टास्क फोर्सको पहलमा जैविक तटबन्ध निर्माण गरिएको छ।

भजनी नगरपालिका–३ र बहुउद्देश्यीय विकास समाज डडेल्धुराको साझेदारीमा तटबन्ध निर्माण सम्पन्न भएको हो। यसका लागि नगरपालिकाले १ लाख रुपैयाँ, स्थानीय कट्टाबाट ३० हजार रुपैयाँ बराबर (२२०० कट्टा) र संस्थाले १ लाख ३० हजार रुपैयाँ सहयोग गरेको थियो।
निर्माण सम्पन्न भएपछि विद्यालयका बालबालिकालाई प्रत्यक्ष सुरक्षा मिल्नेछ भने बर्दवाफाटा, दैलेखी टोल र नयाँ बस्तीका ९३ घरधुरीको दैनन्दिन जीवन सहज हुने भएको छ।




