यज्ञराज जैशी, भजनी

कैलालीको जोशीपुर गाउँपालिका वडा नं. ३ बनजरियामा रहेको संकर सामुदायिक वन उपभोक्ता समूहको १० औँ वार्षिक साधारण सभा कोरम बिना सम्पन्न गरेको पाईएको छ।
समूहमा करिब १६०० उपभोक्ता रहेका छन्। निर्देशिका अनुसार साधारण सभा वैधानिक बनाउनका लागि कम्तीमा आधा भन्दा बढि उपभोक्ताको अर्थात् ८०० जनाको सहभागिता हुनुपर्ने भए पनि उक्त सभामा २०० जना उपभोक्ता पनि सहभागी भएका थिएनन्।
उपभोक्ता भन्दा बाहिर संघ संस्था र बाहिरी सामुदायिक वनका पदाधिकारीहरुको उपस्तिथि धेरै रहेको थियो तर पनि अध्यक्ष दान बहादुर चौधरीको पहलमा पहिलो बैठकमै साधारण सभा सम्पन्न गरिएको छ। पहिलो बैठकमा कोरम नपुगे अर्को मितिमा पुनः सभा बोलाउनुपर्ने भए पनि अबैधानिक तरिकाले सभा सम्पन्न गरिएको छ।
साधारण सभा कोरम बिना सम्पन्न गरिएकाले त्यहाँ पारित भएका निर्णय कानूनी रूपमा अमान्य हुने भजनी जालपा मिडियाका प्रबन्ध निर्देशक यज्ञराज जैशीले सरोकारवाला निकायसँग छानबिन र कारबाहीको माग गरेका छन्।
सब डिभिजन वन कार्यालय भजनिका कर्मचारी प्रकाश वि.कले कोरम विना यस्तो कार्य गरेको भय उक्त सामुदायिक वनले बैधानिकता नपाउने बताउनुभयो । उक्त बार्शिक साधारण सभामा सब डिभिजन बन कार्यालय भजनीका कुनै पनि प्रतिनिधिको समेत उपस्तिथि थियन ।
यस्तो छ उपस्तिथि


oplus_0

oplus_0

oplus_0

oplus_32

oplus_0




