यज्ञराज जैसी भजनी, कैलालीको भजनी नगरपालिकामा सचेत युवाहरूले पालिकामा विगत सात वर्षयता भएका खर्च, निर्णय र गतिविधिमा देखिएको अपारदर्शिता तथा जवाफदेहिताको कमीका विरुद्ध नगरवासीलाई जागरुक र सक्रिय बन्न आह्वान गरेको छ।

सचेत युवाहरूले विज्ञप्ति जारी गर्दै भनेका छन्, “हाम्रो साझा उद्देश्य भनेको सुघटित, पारदर्शी, जवाफदेही र भ्रष्टाचारमुक्त नगरपालिका निर्माण गर्नु हो।”

उनिहरूले पालिका नगरप्रमुखलाई भर्चुअल माध्यमबाट १० बुँदे मागसमेत सार्वजनिक गरिसकेका छन्। ती मागहरू तत्काल सम्बोधन गर्न संयुक्त दबाब सिर्जना गर्न नगरवासीको साथ र सहयोग आवश्यक रहेको युवाहरूको भनाइ छ।
“समाज विकास सम्बाहक, सधै एक कदम अगाडि “




