यज्ञराज जैशी,भजनी कैलाली
भजनी : नेपालीहरूको महान् चाड बडादशैं नजिकिँदै गर्दा घर आँगन सजाउने, दैलो लेपपोत गर्ने तयारी तीव्र बन्दै गएको छ।

यसै क्रममा भजनी १ र ३ को महुन्याल सामुदायिक वन क्षेत्रबाट स्थानीय बासीहरूले लेपपोतका लागि माटो संकलन गरिरहेका छन । 
हरेक वर्षजस्तै यस वर्ष पनि सामुदायिक वन क्षेत्र नै स्थानीयहरूको प्रमुख स्रोत बनेको छ। स्थानीयले दशैंको रमझमसँगै पुरानो संस्कारलाई जोगाउँदै घर,आगनमा माटोको लेपपोत गर्ने तयारी थालेका छन्। 





