यज्ञराज जैसी,भजनी

कैलालीको भजनी नगरपालिका–३ पडरियाका युवा क्रिकेटर प्रसिद्ध जैशीलाई आफ्नै गाउँमा भोलि सम्मान गरिने भएको छ। हालै सम्पन्न ACC Men’s U16 East Zone Cup मा नेपाललाई जित दिलाउन महत्वपूर्ण योगदान दिएका जैशीलाई सम्मान गर्ने तयारी गरिएको हो।
पतञ्जली योग समिति भजनीले विशेष कार्यक्रममार्फत सम्मान गर्ने जनाएको छ। समितिका अनुसार असोज १२ गते आइतबार बिहान ५ बजेदेखि ७ बजेसम्म हुने नियमित योग सत्रकै अवसरमा जैशीलाई बधाई तथा शुभकामना दिइनेछ।
कार्यक्रममा खेलकुदप्रेमी, युवा, विद्यार्थी, व्यवसायी, समाजसेवीलगायत इच्छुक सम्पूर्णलाई सहभागी हुन समितिले आमन्त्रण गरेको छ।




